दुबईमा नेपाली खेलाडीको पहल : भलिबल खेलेर बाढीपीडितका लागि जुटाए रकम
kalakarmi.com · Mon Sep 21 05:23:03 GMT 2026
काठमाडौं- भोटेकोशी बाढी प्रभावितहरुका लागि राहत संकलन गर्ने उद्देश्यले दुबइमा कार्यरत खेलाडीहरुले भलिबल प्रतियोगितामार्फत आर्थिक संकलन गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भलिबल खेलिसकेका मुना बम्जन, निता शाह र सरिता राईलगायतको अगुवाइमा दुबईमा एकदिने महिला भलिबल प्रतियोगिता आयोजना गरिएको थियो ।
खेलकुदमार्फत नेपाली समुदायलाई एकताबद्ध गर्दै नेपालमा बाढीबाट प्रभावित परिवारहरूलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)