मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले सचिवालय बैठकबाट कार्यदल प्रतिवेदन पारित

ratopati.com · Mon Sep 21 05:44:53 GMT 2026

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको १५ सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समिक्षा तथा पार्टी पुनजार्गरण कार्यदलको प्रतिवेदन पास गरेको छ । केन्द्रीय कमिटी बैठकअघि पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सचिवालय सदस्यहरुको सुझावसहित प्रतिवेदन पास भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

‘अनुसुचीका रुपमा लिने भनिएको छ, त्यो प्रतिवेदनभित्रै समावेश भएको छ ।सुझावसहित प्रतिवेदन पास भएको छ’, नेता भट्टले भने, ‘प्रतिवेदनमा अध्यक्षले राजीनामा पर्ने र विशेष महाधिवेशन गर्ने विषय समावेश छैन ।’ सचिवालय लगत्तै एमाले केन्द्रीय कमिटी बैठक बस्दैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)