सांसद भएको १० प्रतिशत समय जाँदा पनि कृषि समिति पुरानै पारामा : ढकाल
ratopati.com · Mon Sep 21 05:46:12 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभा सदस्य सागर ढकालले संसदीय समितिहरू पुरानै पारामा चलेको भन्दै आक्रोश व्यक्त गरेका छन् । कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसद ढकालले साे कुरा बताएका हुन् ।
‘अबको केही दिनमा हामी सांसद भएको ६ महिना पुग्छ, यो भनेको ५ वर्षे कार्यकालको १० प्रतिशत समय हो । यत्तिको समयसम्म पनि हामीले के काम गर्यौँ । संसदीय समितिहरूले सरकारलाई निर्देशन कति दिन सक्यो, सभापतिज्यू निर्णय गरौँ,’ ढकालले समितिका सभापति अशोक कुमार चौधरीलाई इङ्गित गर्दै भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)