७२ ब्रोकरको डाटा सेन्टरमा प्राविधिक समस्या, नेप्सेले आजको सेयर कारोबार रोक्यो
ajakoartha.com · Mon Sep 21 05:45:00 GMT 2026

काठमाडौं- डाटा हब प्रालिको डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज सोमबारको नियमित सेयर कारोबार स्थगित गरेको छ।
नेप्सेका अनुसार उक्त डाटा सेन्टरमा ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएका छन्। असोज ४ गते बिहानदेखि देखिएको समस्या समाधान हुन नसकेपछि कारोबार सञ्चालन गर्दा नेप्सेको प्रणालीमा समेत असर पर्न सक्ने भन्दै कारोबार रोकिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)