वैज्ञानिकले फेला पारे पछाडितिर हिँड्ने माछा
ratopati.com · Mon Sep 21 05:51:32 GMT 2026

काठमाडौँ । समुद्रको निकै गहिराइमा पाइने माछाको एउटा प्रजाति पछाडितिर हिँडे को दृश्य क्यामेरामा कैद भएको छ । सामान्यतया माछा अगाडि वा दायाँ–बायाँ हिँड्ने गरे पनि पछाडितिर हिँडेको दृश्य अनौठो रहेको वैज्ञानिक बताउँछन् ।
यो माछाको आधा हिस्सा माछा र आधा झिँगा (प्राउन) जस्तो देखिन्छ । चीनको ग्वाङ्डोङ प्रान्तमा रहेको सुन यात–सेन विश्वविद्यालय र सदर्न मरिन साइन्स एन्ड इन्जिनियरिङ ग्वाङ्डोङ ल्याबोरेटरीका अनुसन्धानकर्ताहरूले पानीमुनि चल्ने विशेष रोबोटिक सवारी साधन र पानीमुनि मानिसले चलाउने सवारी साधन प्रयोग गरेर उत्तरी दक्षिण चीन सागरमा तीन प्रजातिका आर्मर्ड सिरोबिन माछाको अध्ययन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)