घुस प्रकरण : गण्डकीका स्वास्थ्य सचिव हटाइए,छानबिन समिति र अख्तियारलाई जिम्मा
annapurnapost.com · Mon Sep 21 05:46:46 GMT 2026

पोखरा : अस्पताल स्तरोन्नति र नवीकरणका क्रममा भएको घुस लेनदेन विवादमा गण्डकी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका सचिव डा. युवानिधि बसौलालाई जिम्मेवारीबाट हटाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाएर उनलाई हाजिर गराउने निर्णय सरकारले गरेको छ । असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले विवाद छानबिन गर्न उपसचिवको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)