यादवको निर्वाचन क्षेत्रमा खुसियाली
rajdhanidaily.com · Wed Apr 26 23:11:52 GMT 2023
राजविराज । बारा क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएपछि उनको पुरानो निर्वाचन क्षेत्र सप्तरीमा खुसियाली मनाइएको छ ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नं. २ बाट पराजित भएका अध्यक्ष यादव पछिल्लोपटक बाराको क्षेत्र नं. २ बाट उपनिर्वाचनमा निर्वाचित भएपछि उनका समर्थकले बुधबार सदरमुकाम राजविराजमा दीप प्रज्वलन गरी खुसियाली मनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)