एट्लेटिकोसँग पराजित भएपछि फोटो प्रिन्ट गरेर पत्रकार सम्मेलनमा पुगे मोरिन्हो, रेफ्रीमाथि खनिए
ratopati.com · Mon Sep 21 06:01:44 GMT 2026
म्याड्रिड । रियल म्याड्रिडका म्यानेजर जोसे मोरिन्हो खेलपछिको पत्रकार सम्मेलनमा एउटा कागज बोकेर पुगेका छन्। उक्त कागजमा एट्लेटिको म्याड्रिडका दुई खेलाडीले रातो कार्ड पाउनुपर्ने दुई घटनाका स्क्रिनसटहरू थिए।
एट्लेटिको म्याड्रिडसँग २-१ ले पराजित भएपछि मोरिन्होले म्याच अफिसियलहरूले गम्भीर गल्ती गरेको आरोप लगाएका छन्। पहिलो हाफमै घरेलु टोलीका दुई खेलाडीलाई रातो कार्ड दिनुपर्ने उनको दाबी छ। सेप्टेम्बरको सुरुमा रियल बेटिससँग १-० ले हारेको रियल म्याड्रिडको यो सिजनको दोस्रो पराजय हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)