क्यानडामा उडान प्रशिक्षणका क्रममा विमान दुर्घटना, दुई भारतीय विद्यार्थीको मृत्यु
kalakarmi.com · Mon Sep 21 06:02:18 GMT 2026

भ्यानकुभर– क्यानडामा उडान प्रशिक्षणका क्रममा भएको विमान दुर्घटनामा दुई भारतीय विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा तमिलनाडुका मनोज शिवकुमार तथा पण्डुचेरीका श्रीसरन तिरुग्नानसंबन्धम रहेका छन् ।
क्यानडास्थित भारतीय दूतावासको भ्यानकुभर महावाणिज्य दूतावासले घटनाको पुष्टि गर्दै दुवै विद्यार्थीको मृत्युमा दुःख व्यक्त गरेको छ । दूतावासले मृतकका परिवारलाई पार्थिव शरीर भारत ल्याउन आवश्यक सबै कन्सुलर सहयोग उपलब्ध गराउने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)