प्रविधिको गडबडीले कारोबार रोकिँदा लगानीकर्ताको मनोबल घट्यो — तिलक कोइराला
arthasansar.com · Mon Sep 21 05:42:00 GMT 2026

टीएमएसको समस्याका कारण आजका लागि सेयर कारोबार बन्द हुँदा लगानीकर्ताको मनोबल कमजोर बनाउने लगानीकर्ता तिलक कोइरालाले बताएका छन् । सेयर बजार बन्द भए पछि अर्थसंसारसँग कुरा गर्दै उनले अझै पनि नेप्सेको पूर्वाधारमा नै प्रश्न खडा भएको उनको भनाइ छ ।
नेप्सेको प्रविधि र मनिटरिङमा अझै धेरै लगानी र विकास गर्नुपर्ने आवश्यकता रहेको कोइरालाले बताए। प्रविधिको विकास र सुरक्षामा लगानी गरिएन भने आगामी दिनमा पनि समस्या आउने उनले बताए । उनले भने, ‘नेप्सेको प्रविधि विकास र सुरक्षामा लगानी गरिएन भने आगामी दिनमा थप समस्या आउँछ । यस्ता समस्या आगामी दिनमा नदोहोरिने गरि काम गर्नु पर्छ।'
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)