साउदीको राजधानी रियादमा हुथीको क्षेप्यास्त्र आक्रमण, आकाशमै रोकियो ब्यालिस्टिक मिसाइल !
barnanmedia.com · Mon Sep 21 05:57:23 GMT 2026

यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादतर्फ ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि क्षेत्रीय तनाव फेरि चर्किएको छ। साउदी नेतृत्वको गठबन्धनका अनुसार शनिबार बिहान रियादतर्फ आएको मिसाइललाई वायु प्रतिरक्षा प्रणालीले बीचमै अवरोध गरी नष्ट गरेको हो। घटनापछि राजधानी क्षेत्रमा आपतकालीन चेतावनी जारी गरिएको थियो।
हुथी समूहले भने रियादका “संवेदनशील स्थल” र पश्चिमी सहर यान्बुस्थित तेल संरचनालाई लक्षित गर्दै ब्यालिस्टिक तथा क्रुज मिसाइल र ड्रोन प्रयोग गरेको दाबी गरेको छ। रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल नजिक ठूलो कालो धुवाँ र आगो देखिएको भिडियोसमेत सार्वजनिक भएको छ। तर साउदी अधिकारीहरूले रियादमा भएको मिसाइल प्रयासबाट मानवीय क्षति भएको विवरण सार्वजनिक गरेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)