शान्त माहोलमा फेरि भड्किए किम जोङ उन, ३ घण्टामै प्रहार गरे २ वटा ब्यालिस्टिक मिसाइल
barnanmedia.com · Mon Sep 21 06:00:33 GMT 2026

सियोल । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट तीन घण्टाको अन्तरमा दुई वटा छोटो दूरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि कोरियाली प्रायद्वीपमा पुनः सुरक्षा चिन्ता र तनाव चुलिएको छ। दक्षिण कोरियाली सेनाका अनुसार आइतबार उत्तर कोरियाले शृङ्खलाबद्ध रूपमा यी क्षेप्यास्त्र परीक्षण गरेको हो।
दक्षिण कोरियाको संयुक्त सेना प्रमुख कार्यालय (JCS) का अनुसार पहिलो मिसाइल उत्तर कोरियाको वोनसान क्षेत्रबाट प्रक्षेपण गरिएको थियो, जसले करिब ४५० किलोमिटर दूरी पार गर्दै समुद्रमा खसेको थियो। त्यसको करिब तीन घण्टापछि उत्तर कोरियाले अर्को ब्यालिस्टिक मिसाइल पनि समुद्रतर्फ प्रहार गरेको थियो। करिब एक साताको अवधिभित्रै उत्तर कोरियाले गरेको यो दोस्रो ठूलो मिसाइल परीक्षण हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)