सबै परिवारलाई इन्डक्सन : भोट बटुल्न हुचुवामा निर्णय
onlinekhabar.com · Thu Jun 02 00:56:47 GMT 2022
२८ चैत, काठमाडौं । सरकारले आगामी वर्ष २०७८ को बजेट वक्तव्यमा भनेको छ, ‘स्थानीय तहमार्फत एक परिवारलाई एक विद्युतीय चुलो अनुदानमा वितरण गरिनेछ ।’ विद्युत् खपत बढाउने र एलपी ग्याँसको आयात घढाउने भन्दै गरिएको घोषणामा विद्युतका सबै घरायसी ग्राहकलाई विद्युतीय चुलो दिने भनिएको छ ।
‘अब त नेपालका अर्वपतिहरुले पनि सित्तैमा इन्डक्सन चुलो पाउँछन् होला,’ बुधबार संसदमा सरकारको यस्तो नीति प्रति ब्यंग्य गर्दै नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वा अर्थमन्त्री विष्णु पौडेलले भनेका थिए, ‘इन्डक्सन चुलोका लागि ग्रिड र वायरिङ लगायतका कारण पूर्वाधार तयार भइसकेको छैन । तैपनि यस्तो कार्यक्रम ल्याएकोमा सरकारलाई धन्यवाद त दिनु त पर्ने नै भयो ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)