बाढी प्रभावितका लागि नयाँ सहर बनाउँछौं : पूर्वाधारमन्त्री लम्साल
onlinekhabar.com · Mon Sep 21 06:02:17 GMT 2026

५ असोज, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढी प्रभावित नागरिकका लागि नयाँ शहर विकासको योजना रहेको बताएका छन् ।
प्रतिनिधिसभा, विकास समिति बैठकमा बोल्दै मन्त्री लम्सालले बाढीले क्षतिग्रस्त बनाएकै स्थानमा पुन: बस्ती बसाल्न असम्भव रहेको बताए । ‘अब हामी नयाँ शहर बनाउने अवधारणामा जानेछौं,’ उनले भने, ‘अहिले भूकम्पभन्दा फरक तरिकाले जानुपर्ने छ, जुन स्थानमा क्षति भएको हो, त्यही स्थानमा फर्काउने योजना छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)