पर्सामा दुई राउन्ड हवाई फायर गरेर ३० किलो गाँजासहित तीन जना पक्राउ
khabarhub.com · Mon Sep 21 06:07:37 GMT 2026

काठमाडाैँ – पर्सा प्रहरीले हवाई फायर गरी ३० किलोग्राम गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ। पटेर्वासुगौली गाउँपालिका–१ मलाही टोलमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पर्सा प्रहरीका अनुसार असोज ४ गते राति करिब १० बजे गाँजा ओसारपसार गरिरहेको अवस्थामा प्रहरी टोली पुगेपछि संलग्न व्यक्तिहरू भाग्न खोजेका थिए । उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)