दोलखा कांग्रेसको वडा अधिवेशन : ७१ वडामा सम्पन्न, ३ वडाको बाँकी
khabarhub.com · Mon Sep 21 06:08:01 GMT 2026

दोलखा – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४ वडामा जारी वडा अधिवेशन अन्तिम चरणमा पुगेको छ ।
शनिबार देखि सुरु भएको वडा अधिवेशन जारी रहेको छ । कांग्रेस दोलखाको शनिबार र आइतबार ७१ वडाको अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस दोलखाका पार्टी सभापति बर्मा लामाले बताए।गौरीशंकर गाउँपालिकाको २ वडा र शैलुङ गाउँपालिकाको वडा नम्बर-५ बाहेक अन्य वडामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)