डुजुआनले जापानमा जनजीवन प्रभावित
khabarhub.com · Mon Sep 21 06:06:08 GMT 2026

टोकियो – टाइफुन डुजुआन टोकियो नजिकिँदै गर्दा सोमबार जापानमा कम्तीमा २७५ उडान रद्द भएका छन् भने हजारौँ घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । जापान मौसम विज्ञान एजेन्सीले मङ्गलबारसम्म सेप्टेम्बरको औसत मासिक वर्षाभन्दा बढी पानी पर्न सक्ने चेतावनी दिएको छ ।
चिबा प्रान्तमा चार हजारभन्दा बढी घर विद्युत्विहीन भएका छन् भने टोकियो र आसपासका क्षेत्रमा रेल सेवा प्रभावित भएको छ । जापान एयरलाइन्सले १२० आन्तरिक र १५ अन्तर्राष्ट्रिय तथा अल निप्पोन एयरवेजले १४० आन्तरिक उडान रद्द गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)