मधेशमा मदरसा विधेयकको अनुचित विरोध
ekantipur.com · Sun Dec 14 17:13:09 GMT 2025

सरोजकुमार यादव नेतृत्वको अघिल्लो मधेश सरकारले मन्त्रिपरिषद्बाट मदरसा विधेयक अघि बढाउने निर्णय लिएको थियो । सात वर्षअघि दर्ता भएको विधेयक थन्किएकै अवस्थामा यादव नेतृत्वको सरकारले नयाँ निर्णय लिएको थियो । यद्यपि, विधेयकलाई लिएर विरोध गरियो । सरकार नै ढलिसक्दा पनि विरोध जारी छ । त्यो उचित होइन । मुस्लिमका मदरसाप्रति विरोध हुनुको कारण पनि स्पष्ट हुन सकेको छैन । जबकि, यस देशमा हिन्दु र मुस्लिम एकअर्काका हितैषी भई बस्दै आएका छन् ।
यस्तो देशमा व्यक्त गरिने घृणा भाव देश र युवाका लागि घातक छ । एउटा पछाडि परेको समुदाय, जसको अधिकांश जनसंख्या विपन्न छन् । शैक्षिकस्तर अत्यन्त न्यून छ । उक्त समुदायको उत्थान र प्रगतिको विरोधले कसैको हित गर्दैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)