नवलपुरका कृषकलाई करिब पाँच करोड अनुदान वितरण गरिँदै
reportersnepal.com · Mon Sep 21 06:11:49 GMT 2026

नवलपुर (नवलपरासी), ५ असोज । कृषि विकास कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले करिब रु पाँच करोड अनुदान वितरण गर्नेगरी कृषकसमक्ष प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।
कार्यालयले विभिन्न १० शीर्षकमा जिल्लाका कृषकलाई अनुदान वितरण गर्ने तयारी गरेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत राजेश्वर सिलवालका अनुसार आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार रु चार करोड ७७ लाख ५० हजार बराबरको अनुदान वितरण गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)