यू-१९ क्रिकेट विश्वपकः भारतविरुद्ध मैदानमा उत्रँदै नेपाल
shilapatra.com · Fri Feb 02 00:53:00 GMT 2024
दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप प्रतियोगितामा आज नेपाल भारतको सामना गर्न मैदानमा उत्रँदै छ । प्रतियोगिताको सुपर सिक्स चरणमा आफ्नो दोस्रो खेल खेल्न नेपाल नेपाली समयअनुसार आज दिउँसो पौने २ बजे मैदानमा उत्रन लागेको हो ।
समूह चरणमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा पुगेको नेपाल सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । आज भने बलियो प्रतिद्वन्द्वी भारतसँगको प्रतिस्पर्धाका लागि मैदानमा उत्रन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)