जिउँदो कुखुराको मूल्य किलोमा १० रुपैयाँ बढ्यो
ekantipur.com · Fri Feb 18 15:52:51 GMT 2022
काठमाडौँ — राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेको जानकारी दिएको छ । कुखुराको उत्पादन घटेको र माग बढेको भन्दै संघले शनिबारदेखि लागू हुनेगरी खरिद मूल्य बढाएको हो । अहिले ब्रोइलरको कोल्डस्टोर खरिद मूल्य २ सय ५० रुपैयाँ छ ।
शनिबारदेखि प्रतिकिलो २ सय ६० रुपैयाँ पर्ने संघका सचिव देब गिरीले बताए । ‘ब्रोइलर पर्याप्त छैन, तर, माग बढ्दो छ,’ गिरीले भने, ‘त्यही भएर मूल्य बढेको हो । संघले प्रतिकिलो १० रुपैयाँ बढाएर २ सय ६० पुर्याउने निर्णय गरेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)