ओली पुगे केन्द्रीय समिति बैठकमा
ratopati.com · Mon Sep 21 06:19:43 GMT 2026

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केन्द्रीय समिति बैठकका लागि ललितपुरस्थित रामवाग पार्टी प्यालेसमा पुगेका छन् । अध्यक्ष ओली केहीबेर अघि पार्टी प्यालेसमा पुगेका हुन् ।
बैठकमा सहभागी हुने अन्य नेताहरु पनि पार्टी प्यालेसमा पुग्दैछन् । फागुनमा भएको निर्वाचनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकमा सबै सदस्यलाई धारणा राख्न समय उपलब्ध गराउने तयारी एमालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)