कृषि उत्पादन र बजारीकरणमा जोड दिँदै काभ्रे
nepalnews.com · Mon Sep 21 06:16:27 GMT 2026

काभ्रे। काभ्रेपलाञ्चोकमा कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, सिँचाइ विस्तार, व्यावसायिक खेती तथा उत्पादित कृषि उपजको बजारीकरणमा जोड दिइएको छ।
कृषि विकास कार्यालय, काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा चालु आव २०८३/८४ को कार्यक्रम सार्वजनिक गर्दै उत्पादनसँगै प्रविधि, बजार, पूर्वाधार र कृषकको आम्दानी वृद्धिलाई प्राथमिकतामा राखिएको जनाएको हो।