एमाले केन्द्रीय कमिटी बैठक सुरु : के छन् एजेन्डा ?
khabarhub.com · Mon Sep 21 06:17:31 GMT 2026

काठमाडौँ – नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । यसअघि पार्टी सचिवालय बैठक पार्टी केन्द्रीय कार्यलय च्यासलमा बसेको थियो । सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठकको कार्यसूचि तय गरे लगत्तै केन्द्रीय कमिटी बैठक बसेको हो । एमाले केन्द्रीय कमिटी बैठक ललितपुरस्थित भनीमण्डलको एक महलमा सुरु भएको छ । बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दै छन्।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक हुन लागेको केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यलाई भनाइ राख्नका लागि समय उपलब्ध गराइने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)