विपद्पछिको पुनर्निर्माण गर्न पाँच अर्ब डलर आवश्यक पर्ने अर्थमन्त्री वाग्लेको भनाइ, भारतप्रति आभार
hamrakura.com · Sat Sep 19 00:00:00 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको सहयोगप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गरेका छन् । उनले विपद्पछिको पुनर्निर्माणका लागि नेपाललाई ठूलो अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताएका छन् ।
भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै वाग्लेले भारतले सन् २०१५ को भूकम्पपछि जस्तै यसपटक पनि नेपाललाई सहयोग गरेको बताए । उनले पछिल्लो विपद्बाट भएको क्षति नेपालको मात्र नभई दक्षिण एसियाकै लागि गम्भीर चुनौती भएको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)