'अन्तै भए पनि आफन्तको नजिक' अभियानमार्फत रेमिट्यान्सलाई दैनिक डिजिटल भुक्तानीसँग जोड्दै इसेवा
hamrakura.com · Sat Sep 19 00:00:00 GMT 2026

काठमाडौँ। नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै ‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान सुरु गरेको छ। विदेशमा रहेर पनि आफ्ना परिवारको दैनिक तथा वित्तीय आवश्यकतासँग सहज रूपमा जोड्ने उद्देश्यले उक्त अभियान सुरु गरिएको हो। यस अभियानअन्तर्गत विदेशमा रहेका नेपालीहरूलाई नेपालमा रहेका आफन्तको इसेवा खातामा सोझै रेमिट्यान्स पठाउने सुविधाबारे जानकारी गराउनुका साथै, रेमिट्यान्सको सही उपयोग र डिजिटल भुक्तानीका फाइदाबारे जनचेतना अभिवृद्धि गरिनेछ।
हाल इसेवामा विदेशबाट इसेवाका आधिकारिक रेमिट्यान्स पार्टनरहरूमार्फत सोझै नेपालमा रहेका आफन्तको इसेवा खातामा रेमिट्यान्स पठाउन सक्ने सुविधा रहेको छ । इसेवामा प्राप्त उक्त रकमबाट नेपालमा रहेका परिवारका सदस्यहरूले विद्युत् तथा खानेपानीको महसुल भुक्तानी, टेलिफोन तथा इन्टरनेटको बिल भुक्तानी, बीमा योजनाहरू खरिद तथा बीमाशुल्क भुक्तानी, विद्यालय शुल्क भुक्तानीलगायत दैनिक जीवनका डिजिटल भुक्तानीहरू गर्न सक्ने इसेवाले जनाएको छ। विदेशबाट प्राप्त रेमिट्यान्सलाई दैनिक जीवनका भुक्तानीहरूसँग जोडी परिवारका सदस्यहरूको जीवनमा सहजता ल्याउनका लागि इसेवा प्रतिबद्ध रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)