प्रधानमन्त्री बालेनको प्रतिबद्धताः संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ
hamrakura.com · Sat Sep 19 00:00:00 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेनले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोहमा समितिले आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा उनले 'शहीदका रगतले लेखिएको संविधान, हामी कामले पूरा गर्छौं' भने ।
प्रधानमन्त्रीले भने, “संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी पूर्ण प्रतिबद्ध छौँ, म यो बाचा आज फेरि दोहोर्याउँछु । संविधान जारी भएको दिन हरेक वर्ष आउँछ तर संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ, हरेक इमानदार निर्णयबाट, हरेक पारदर्शी नियुक्तिबाट, नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट ।”
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)