एसियाली खेलकुदमा स्वर्णको आशा गरिएकी एरिका पदकविहीन, मीन र राकेश पनि चुके कास्य भिडन्तमा
hamrakura.com · Sun Sep 20 00:00:00 GMT 2026
काठमाडौँ । जापानको नागोया–आइचीमा चलिरहेको २० औँ एसियाली खेलकुदमा नेपालले आशा गरेका पदकहरू धमाधम कम हुँदै गएका छन् । कराते खेलाडीहरू एरिका गुरुङ, मीनबहादुर तामाङ र राकेश मानन्धर कास्य पदक प्रतिस्पर्धामा पनि पराजित भएसँगै पदकको आशा खुम्चिएको हो ।
सरकारले स्वर्ण सहितको दोहोरो अंकको पदक योजना ल्याउँदा करातेकी एरिकाबाट धेरैले स्वर्ण पदकको आशा गरेका थिए । तर करातेको कुमुतेबाट पदकको सम्भावना लगभग समाप्त भएको अवस्थामा ६८ केजी माथिको कास्य पदक प्रतिस्पर्धामा एरिका साउदी अरेबियाकी मोस्तफा दिना अहमदसँग ८–७ ले पराजित भएपछि कास्यसमेत जित्न सकिनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)