प्रतिनिधि सभा निर्वाचनपछि पहिलो पटक बस्दै एमाले केन्द्रीय कमिटी बैठक
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज बिहान ११ बजेदेखि शुरू हुँदैछ । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक हुन लागेको केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यलाई भनाइ राख्नका लागि समय उपलब्ध गराइने जनाइएको छ ।
केन्द्रीय कमिटीको बैठकको कार्यसूची तय गर्न केन्द्रीय सचिवालय बैठक बस्दैछ । पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार आइतबारदेखि शुरू भएको सचिवालयको बैठकको निरन्तरता आज पनि हुने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)