एसियाली खेलकुदमा नेपालको खराब लय जारी, पुरुष कबड्डीमा थाइल्यान्डसँग पराजित
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026
काठमाडौँ । जापानमा जारी बीसौँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिता अन्तर्गत पुरुष कबड्डी खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । जापानको नायोगास्थित तोकाइ सिटिजन जिम्न्याजियममा आज भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको हो । दुवै हाफमा पछि परेको नेपाल ५९–४८ अङ्कले पराजित भयो ।
पहिलो हाफमा नेपालले थाइल्यान्डलाई कडा चुनौती दिएको थियो । तर पहिलो हाफ सकिँदा थाइल्यान्डसँग नेपाल २८–२४ ले पछि पर्यो । दोस्रो हाफमा नेपालले पुनरागमन गर्ने आशा गरे पनि सफल भएन ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)