कृषि उत्पादन र बजारीकरणमा जोड दिँदै काभ्रे
barnanmedia.com · Mon Sep 21 06:17:02 GMT 2026

: काभ्रेपलाञ्चोकमा कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, सिँचाइ विस्तार, व्यावसायिक खेती तथा उत्पादित कृषि उपजको बजारीकरणमा जोड दिइएको छ । कृषि विकास कार्यालय, काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा तथा चालु आव २०८३÷८४ को कार्यक्रम सार्वजनिक गर्दै उत्पादनसँगै प्रविधि, बजार, पूर्वाधार र कृषकको आम्दानी वृद्धिलाई प्राथमिकतामा राखिएको जनाएको हो ।
कार्यालयका अनुसार आव २०८२÷८३ मा जिल्लामा वर्षे धान १० हजार २१० हेक्टरमा खेती भई ३९ हजार ५१३ मेट्रिक टन उत्पादन भएको छ । त्यस्तै चैते धान ८५५ हेक्टरमा तीन हजार ८५० मेट्रिक टन, मकै २६ हजार १२० हेक्टरमा ९४ हजार १२० मेट्रिक टन र गहुँ आठ हजार २५० हेक्टरमा २३ हजार ९२५ मेट्रिक टन उत्पादन भएको छ । त्यसैगरी कोदो तीन हजार २५० हेक्टरमा चार हजार २२५ मेट्रिक टन, फापर ५९० हेक्टरमा ६०२ मेट्रिक टन, जौ ३४७ हेक्टरमा ३४१ मेट्रिक टन, आलु १० हजार १०० हेक्टरमा दुई लाख नौ हजार ७० मेट्रिक टन तथा तरकारी ११ हजार ३२५ हेक्टरमा एक लाख ९३ हजार ६५८ मेट्रिक टन उत्पादन भएको कार्यालयको तथ्याङ्क छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)