संघीय अनुदानमा भरतपुर प्राथमिकतामा, घट्यो वीरगञ्ज र ललितपुरको अनुदान
farakdhar.com · Fri Jun 03 00:46:56 GMT 2022
आगामी आर्थिक वर्ष २०७९/८० का लागि स्थानीय तहले अन्तरसरकारी वित्तिय हस्तान्तरणअन्तर्गत तीन खर्ब ३७ करोड १६ लाख रुपैयाँ बजेट पाएका छन् । सरकारले छ वटा महानगरपालिकालाई मात्र समानीकरण, सशर्त, विशेष र समपूरक गरी १० अर्ब ३१ करोड ३९ लाख रुपैयाँ अनुदान दिएको छ ।
चालू आव २०७८/७९ मा छ वटा महानगरपालिकालाई १० अर्ब नौ करोड २८ लाख रुपैयाँ अनुदान दिइएको थियो । यसपटक महानगरलाई दिने अनुदानमा २२ करोड एक लाख रुपैयाँ अनुदान बढाइएको हो । महानगरलाई अनुदान बढाइँदै गर्दा भरतपुर महानगरपालिकालाई प्राथमिकता दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)