देउवासहितका नेताको सहभागिताबिना सुदूरपश्चिममा कांग्रेसको वडा अधिवेशन
ratopati.com · Mon Sep 21 06:28:57 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा र प्रदेशका अधिकांश सिनियर नेताको सहभागिताबिना कांग्रेसले वडा अधिवेशन सम्पन्न गरेको छ ।
कांग्रेसको सुदूरपश्चिम प्रदेश निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गंगाराम पाध्याका अनुसार प्रदेशका ७३४ वडामध्ये एउटा वडामा मात्रै वडा अधिवेशन हुन बाँकी छ । ‘सबैमा सकियो कैलालीको एउटा वडामा मात्रै निर्वाचन हुन बाँकी छ, त्यसमा पनि आज सम्पन्न हुन्छ,’ पाध्याले रातोपाटीसँग भने । पाध्याले कैलालीको मोहन्याल गाउँपालिकाको एउटा वडामा अधिवेशन हुन नसकेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)