कृषि समितिमा नार्क पुनर्संरचनाको बहस
ratopati.com · Mon Sep 21 06:34:30 GMT 2026

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को पुनर्संरचना, सेवा–सुविधा सुधार र कृषि अनुसन्धान प्रणालीलाई प्रभावकारी बनाउने विषयमा संसदीय समितिमा छलफल भएको छ । सोमबार सिंहदरबारमा बसेको सङ्घीय संसद्अन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नार्क अन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनबाट देखिएका समस्या, चुनौती र समाधानका उपायबारे बहस भएको हो ।
बैठकमा नार्कमा हुने राजनीतिक हस्तक्षेप र अव्यवस्थित कर्मचारी भर्ना रोक्न छुट्टै ‘कृषि अनुसन्धान सेवा आयोग’ गठन गर्नुपर्ने तथा नार्कलाई एकीकृत अनुसन्धान विभागका रूपमा अगाडि बढाउनुपर्ने विषय उठेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)