बेनी हाइड्रोपावरको आईपीओ ८६ हजार ३२० जनालाई
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026

काठमाडौँ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा सोमबार आईपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीले भदौ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता शेयर निष्काशन गरेको थियो । उक्त शेयरको कुल मूल्य ८ करोड ६३ लाख २० हजार रुपैयाँ बराबर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)