चीनको वृद्धि करिब ५ प्रतिशत हुन्छ– सी
barnanmedia.com · Wed Dec 31 21:25:00 GMT 2025

चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५ मा ‘लगभग पाँच प्रतिशत’ वृद्धि हुने अपेक्षा गरिएको बताउनुभएको छ । उहाँले ‘धेरै असामान्य’ वर्षको ‘दबाब’ को बाबजुद यस उपलब्धिलाई महत्त्वपूर्ण ठहर गर्नुभएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले रिपोर्ट गरेको छ ।
नयाँ वर्षको पूर्वसन्ध्यामा सीले एक शीर्ष राजनीतिक परामर्शदात्री निकायलाई सम्बोधन गर्दै यो घोषणा गर्नुभएको हो । वार्षिक विस्तार सरकारले तय गरेको आधिकारिक लक्ष्यसँग मेल खान्छ र सन् २०२४ मा रेकर्ड गरिएको पाँच प्रतिशत वृद्धि बराबर हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)