नेपालकै पहिलो साझेदारीमा सञ्चालित आयुर्वेद कलेज : ५० हजारमै आयुर्वेद चिकित्सा अध्ययन
annapurnapost.com · Mon Sep 21 06:33:26 GMT 2026

महँगो शुल्कका कारण मेडिकल शिक्षा पढ्ने सपना अधुरै छाड्नुपर्ने बाध्यतामा रहेका विद्यार्थीका लागि महोत्तरीको गौशाला प्राविधिक शिक्षालय विकल्प बनेको छ। शिक्षालयले वार्षिक करिब ५० हजार रुपैयाँमै आयुर्वेदतर्फको सामान्य चिकित्सा अध्ययन गराउने भएपछि आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थी लुम्बिनी, वीरगन्ज र सर्लाहीलगायतका जिल्लाबाट समेत यहाँ आउन थालेका छन्।
जनकपुरधाम : पश्चिम नवलपरासीकी २१ वर्षीया किरण गुप्ताको घरको आर्थिक अवस्था सन्तोषजनक छैन। आमाबुवा भाइबहिनीसहित ७ जनाको परिवारमा किरणलाई उच्च शिक्षा अध्ययनमा लाग्ने खर्च तिर्न नसक्दा उनको पढाइ छुट्टिसकेको थियो। तर उनको गाउँको एक दिदीले आफू अध्ययनरत महोत्तरीको गौशाला प्राविधिक शिक्षालयमा ५० हजारमै मेडिकलको पढाइ हुने बताएपछि उनी नवलपरासीबाट पढ्न यहाँ आएकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)