मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बक्यौता उठेन, व्यापारीले किन्न पनि छाडेपछि किसानले सडकमा पोखे दूध

nayapatrikadaily.com · Mon Feb 19 00:30:00 GMT 2024

भरतपुर महानगरपालिका– १६ मा ढकाल पशुपालन फार्म सञ्चालन गर्दै आएका केशव ढकालले फार्मबाट दैनिक १५ सय लिटर दूध उत्पादन गर्छन् । उनको फार्मसँगै डेरी पनि छ । गाउँका किसानको समेत दूध संकलन गरेर दैनिक पाँच हजार लिटर दूध बजारीकरण गर्दै आएका ढकालले गत बुधबार (२ फागुन) १३ हजार लिटर दूध बारीमा पोखे ।

यसअघि ढकाल भरतपुरका विभिन्न बजार क्षेत्रमा दूध बेच्थे । जोगिएको दूध भने सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) चनौलीलाई बिक्री गर्थे । तर, डिडिसीले आफूसँग पर्याप्त दूध रहेको भन्दै किन्न नमानेपछि ढकालले बारीमा पोखे । ‘दूध बिक्री हुन्छ कि भनेर राख्यो, लाखौँ लगानी भएको दूध बाँड्न पनि सकिन्न । लामो समय राख्दा दूध बिग्रेपछि फाल्नुको विकल्प हुँदैन,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)