काभ्रेमा स्वास्थ्यकर्मीलाई रोग निगरानीसम्बन्धी अभिमुखीकरण
reportersnepal.com · Mon Sep 21 06:47:45 GMT 2026

असोज ५, बनेपा (काभ्रे) । काभ्रेमा समुदायमा आधारित रोग निगरानी प्रणाली (सम्बन्धी स्वास्थ्यकर्मी स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका १३ स्थानीय तहअन्तर्गतका १७३ स्वास्थ्य संस्थाका करिब ३८० स्वास्थ्यकर्मी कार्यक्रममा सहभागिता रहेकोे जनस्वास्थ्य कार्यालयका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार समुदायस्तरमा देखापर्ने सङ्क्रामक रोग तथा अनपेक्षित जनस्वास्थ्य घटनाको समयमै पहिचान, सूचना सङ्कलन तथा सम्बन्धित निकायमा सूचना प्रवाह गरी आवश्यक प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्यकर्मीलाई रोग निगरानी प्रणालीसम्बन्धी अभिमुखीकरण दिइएको हो । सरकारको ‘समुदायमा आधारित रोग निगरानी निर्देशिका, २०८२’ ले सङ्क्रामक रोग तथा अनपेक्षित जनस्वास्थ्य घटनाको समयमै पहिचान, सूचना सङ्कलन, प्रतिवेदन, विश्लेषण, सञ्चार तथा प्रतिकार्यलाई व्यवस्थित गर्नुपर्ने व्यवस्था गरेको छ । सूचीकृत सङ्क्रामक रोग तथा जनस्वास्थ्यसम्बन्धी अनपेक्षित घटनाबारे तोकिएको समयावधि भित्र सम्बन्धित निकायमा सूचना सम्प्रेषण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)