पत्नी आन्दोलनमा भएकै बेला रुस–युक्रेन युद्धमा मारिए विराजन
ekantipur.com · Fri May 10 16:55:21 UTC 2024

कञ्चनपुर — कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरकी चाँदनी विष्ट करिब एक महिनायता रुसी सेनामा भर्ती भएका श्रीमान् विराजनसहितका नेपालीको सकुशल उद्धार गरी नेपाल फर्काउनुपर्ने माग राखेर भइरहेको आन्दोलनमा होमिएकी थिइन् । पाँच महिनादेखि रुसी सेनामा कार्यरत विराजनलाई स्वदेश झिकाउन उनी काठमाडौंमै बसेर आन्दोलन गरिरहेकी थिइन् ।
काम विशेषले घर आएकी उनी वैशाख २१ मा फेरि आन्दोलनकै लागि काठमाडौं फर्किंदै थिइन् । यही बेला उनको परिवारमा विराजनको मृत्युको अपुष्ट खबर पुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)