फिल्म ‘गौँथली’ले बक्स अफिसमा कमायो २५ करोड ९४ लाख
ratopati.com · Mon Sep 21 06:56:49 GMT 2026

काठमाडौँ । फिल्म ‘गौँथली’ ले बक्स अफिसमा २५ करोड ९३ लाख बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरण (२०८३ असोज ४ गते आइतबार राती ११ः ५९ सम्मको) मा फिल्मको कमाई २५ करोड ९४ लाख ७३ हजार ०४० ग्रस कलेक्सन रहेछ ।
यो अवधिमा फिल्मलाई ९ लाख ४० हजार ९१५ जनाले हेरेका छन् । डा.कपिल रिजालको निर्देशन रहेको फिल्म गत साउन १ गतेबाट प्रदर्शनमा आएको थियो । फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना लगायत कलाकारको अभिनय छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)