टीएमएस होस्ट गर्ने डाटा हबमा र्यानसमवेयर हमला
aarthiknews.com

काठमाडौं । ब्रोकर कम्पनीहरूको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) होस्ट गर्दै आएको डाटा हब प्रालिमा र्यानसमवेयर हमला भएको खुलेको छ। डाटा हबले सेप्टेम्बर २० अर्थात् असोज ४ गते बिहान करिब ५ः३० बजे आफ्नो पूर्वाधारमा र्यानसमवेयर हमला भएको जनाएको हो।
डाटा हबले सोमबार बिहान करिब ४ बजे सम्पूर्ण पूर्वाधारको पछिल्लो ब्याकअप लिइएको र उक्त ब्याकअप सुरक्षित तथा अलग राखिएको जनाएको छ। र्यानसमवेयर अन्य कनेक्टेड नेटवर्क तथा प्रणालीमा समेत फैलिएको हुनसक्ने आशंकामा प्रभावित प्रणालीलाई तत्काल अनलाइनमा नल्याइएको डाटा हबले जनाएको छ । पूर्ण प्रभावको मूल्याङ्कन तथा आवश्यक सुरक्षा र रिकभरी प्रक्रिया पूरा गर्न प्रणालीलाई अलग राखिएको कम्पनीको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)