एमालेभित्र 'मनपरीतन्त्र' : विधि मिचेर विधान संशोधन
nepalviews.com · Sun Dec 14 17:17:33 GMT 2025

काठमाडौं । शुक्रबार साँझ करिब ८ बजे नेकपा एमालेको सचिवालय बैठक सकिएपछि प्रवक्ता प्रदीप ज्ञवालीले मिडिया ब्रिफिङमा भनेका थिए, 'विभिन्न मिडियाहरूमा नेकपा एमालेले विधान संशोधन गर्छ कि भनेर अनुमानसहितका समाचारहरू आएका थिए । तर, यसपटक हामीले विधान अधिवेशनको सर्वोच्चतालाई ख्याल राखेर विधान अधिवेशनले पास गरेको विधानअनुसारै नेतृत्व चयन गर्छौँ ।'
ओली निकट मानिने ज्ञवालीले मिडियामा अनुमानका भरमा आएको, तर विधान संशोधन गर्ने विषयमा सत्यता नभएको भन्दै सञ्चारमाध्यमलाई हियाउन खोजेका थिए, त्यतिबेला । ११औँ महाधिवेशनबाट एमालेको तेस्रो पटक अध्यक्ष बन्न लागेका केपी शर्मा ओलीलाई राम्रै दबाब पर्नेगरी अध्यक्षका अर्का दाबेदार ईश्वर पोखरेलको समूहले राजनीतिक चहलपहल बढाएका थिए । ओली समूह आकाङ्क्षी व्यवस्थापनको सकसमा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)