एउटै घरभित्र तीन दशकको इतिहास
nepalnews.com · Mon Sep 21 07:12:28 GMT 2026

धनकुटा। धनकुटा नगरपालिका–६ सिरान बजारमा रहेको एउटा घर बाहिरबाट हेर्दा सामान्य घर जस्तै देखिन्छ। तर, घरभित्र पस्ने बित्तिकै त्यहाँको वातावरण फरक महसुस हुन्छ। कोठाका दराज, भित्ताका कुनाकाप्चा र र्याकमा सजाएर राखिएका पुराना सामग्रीले आगन्तुकलाई दशकौं पुरानो समयतिर पुर्याउँछन्।
घरभित्र कुनै समय नेपाली समाजको दैनिकीमा प्रयोग भएका रेडियो, ग्रामोफोन र टेलिफोन छन्। पुराना भाँडाकुँडा र कृषि औजार पनि छन्। राणा शासनकालको इतिहास सम्झाउने चन्द्र शमशेरकालीन इँटा र माटाका पाइप छन्। धनकुटाको पुरानो स्वरूप देखाउने दुर्लभ तस्बिर छन्। त्यति मात्र होइन, नेपालको प्रजातान्त्रिक आन्दोलनसँग जोडिएका महत्वपूर्ण दस्तावेज पनि त्यहीं सुरक्षित छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)