मिर्गौला पीडितको उपचारमा आठ लाख सहयोग
ekagaj.com · Sat Dec 18 16:10:15 GMT 2021
कास्की - लामो समयदेखि दुवै मिर्गौलामा समस्या आएर उपचाररत मादी गाउँपालिका–७ का कृष्ण गुरुङलाई थप उपचारका लागि आर्थिक सहयोग उपलव्ध गराइएको छ । सोही वडाको थाक गाउँका चेली हाल हङकङ निवासी सामाजिक अभियानकर्मी नानी कमला गुरुङको पहलमा सङ्कलित रु आठ लाख ६५ हजार २८० पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । शिक्षासेवी लक्ष्मी गुरुङ र अभियानकर्मी मनु गुरुङले सो रकम पीडित परिवारलाई हस्तान्तरण गरे ।
‘कृष्ण गुरुङ बचाउ अभियान’ का कोषाध्यक्ष दुर्गाबहादुर गुरुङले बिरामीको मिर्गौला प्रत्यारोपणको प्रक्रिया सुरु भएको बताए । कमजोर आर्थिक अवस्थाका कारण सहयोगी मनबाट स्वदेश तथा विदेशमा सहयोग रकम जुटाएर उपचारमा सहयोग गर्ने योजनाअनुसार हालसम्म रु १८ लाख सङ्कलन भएको उनले जानकारी दिए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा सोही वडाका वडाध्यक्ष लालबहादुर गुरुङले विदेशमा रहे पनि दुःखका बेलामा सक्दो सहयोग गर्नेहरुप्रति आभार व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)