घुस प्रकरणमा गण्डकीका स्वास्थ्य सचिव डा बसौलाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा सरुवा
swasthyakhabar.com · Mon Sep 21 07:13:00 GMT 2026

पोखरा– पद्म नर्सिङ होमको शय्या विस्तार तथा नवीकरणका क्रममा आर्थिक लेनदेनको आरोप सार्वजनिक भएपछि गण्डकी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका सचिव डा. युवानिधि बसौलालाई जिम्मेवारीबाट हटाएको छ। उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाउने निर्णय गरिएको हो।
असोज ५ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रकरणको छानबिन गर्न उपसचिवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ। घटनाको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयलाई समेत पत्राचार गर्ने निर्णय सरकारले गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)