आईपीएलमा गुजरातको लगातार तेस्रो जित, हैदराबादको लगातार चौथो हार
onlinekhabar.com · Sun Apr 06 17:33:28 GMT 2025
२४ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले लगातार तेस्रो जित निकालेको छ । आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै गुजरातले जितको लयलाई निरन्तरता दिएको हो ।
हैदराबादलाई लगातार चौथो हार थमाउने क्रममा गुजरातले १५३ रनको लक्ष्य १६.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । कप्तान शुभमन गिलले अविजित ६१ रनको पारी खेले भने वासिङटन सुन्दरले ४९ तथा शेरफन रदरफोर्डले अविजित ३५ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)