जलाशयसँँग जोडिदै तुही उपत्यकाको भविष्य
ajakoartha.com · Mon Sep 21 07:30:00 GMT 2026

तुलसीपुर - तुही उपत्यकाको अवस्था अहिले केही फरक देखिन थालेको छ । गाउँका डाँडाकाँडा र खेतबारीको बीचमा बनेका जलाशयले उपत्यकाको सौन्दर्य त बढाएका छन् नै, स्थानीय बासिन्दाको मनमा नयाँ सम्भावनाको आशासमेत जगाएका छन् । कुनै समय वर्षा कहिले होला र खेतमा पानी लाग्ला भन्ने प्रतीक्षामा रहने किसानका लागि यिनै जलाशय अब पर्यटनको आकर्षणसँगै खेतीपातीको भविष्यसँग जोडिन थालेका छन् ।
तुलसीपुर–१३ का विभिन्न चार स्थानमा निर्माण गरिएका मानव निर्मित जलाशय अहिले आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेका छन् । जलाशयमा जम्मा भएको पानी, वरिपरिको प्राकृतिक वातावरण र ग्रामीण परिवेशले यहाँ आउनेहरुलाई आकर्षित गर्न थालेको छ । तुलसीपुरका विद्यालयहरुले समेत विद्यार्थीलाई अध्ययन तथा अवलोकनका लागि यी जलाशयसम्म लैजान थालेका छन् । विद्यार्थीका लागि जलाशय एउटा अध्ययनको थलो बनेको छ भने बाहिरबाट आउनेका लागि घुमफिर र मनोरञ्जनको गन्तव्य तर स्थानीयका लागि यसको महत्व यतिमै सीमित छैन । उनीहरु जलाशयको पानीले आफ्नो खेतबारीको भविष्य बदलिएको हेर्न चाहन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)