कूटनीतिक आशा र साउदी निर्यातमा सुधारसँगै कच्चा तेलको मूल्य एक हप्तायताकै न्यून विन्दुमा
clickmandu.com · Mon Sep 21 07:31:46 GMT 2026

एजेन्सी । संयुक्त राष्ट्रसंघको बैठकका बीच यसै हप्ता इरान युद्धमा कूटनीतिले मौका पाउने आशा तथा यमनका हुतीहरूको निरन्तर आक्रमणका बावजुद साउदी अरबबाट हुने ढुवानीमा आंशिक सुधार आएकोतर्फ लगानीकर्ताहरूको ध्यान जाँदा सोमबार कच्चा तेलको मूल्य एक हप्ताभन्दा बढी समययताकै न्यून विन्दुमा झरेको छ ।
ब्रेन्ट क्रुड फ्युचर्स र अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लूटीआई) क्रुड सोमबार सुरुवाती कारोबारमा सेप्टेम्बर १० यताकै न्यून विन्दुमा पुगेका थिए । शुक्रबार ०.९१ प्रतिशतले घटेर बन्द भएको ब्रेन्ट २.१६ डलर अर्थात् २.०८ प्रतिशतले घटेर प्रति ब्यारल १०१.७१ डलरमा झरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)