त्रिपुरेश्वरमा बसमा चालक आफैँले आगो लगाएको आशंका, गम्भीर घाइते
baahrakhari.com · Mon Sep 21 07:41:29 GMT 2026

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका छन् । सोमबार (असोज ५) मध्याह्न राहदानी विभागअगाडि बस स्टपमा गाडीमा आगो लागेको प्रहरीले जनाएको छ ।
रिद्धिसिद्धि यातायातको बा५ख ४२७६ नम्बरको बसमा आगो लागेको हो । त्यो मूलपानी–थानकोट रुटमा चल्ने गाडी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)